Tuesday 26th May 2026

दान बहादुर मल्ललाई १२ घण्टा भित्रमा तोकिएको ठाँउ जान निर्देशन


तितोपाटी- प्रदेश नम्बर ३ को प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ।सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार प्रदेश प्रहरी कार्यालयले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो।

१२ घण्टाभित्र रमना लिएर एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन प्रहरी उपरीक्षक अरूण पौडेलले पत्राचार गरेर निर्देशन दिएका हुन्।गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भए पनि मल्लले चितवन छाडेका थिएनन्। उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको थियो।

मल्ल सरूवा भएको ठाउँमा हाजिर भएको जानकारी प्रहरी महानिरीक्षकको कार्यालयमा पनि बोधार्थ पठाउन आग्रह गरेको छ।सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्।मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो।मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड हुन्।डिएसपी हुँदा उनी लामो समय दाहालको सुरक्षामा खटिएका थिए। दाहालको सुरक्षाबाट हटेपछि उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरूवा भए।प्रहरी उपरीक्षक बढुवा भएपछि उनी चितवन जिल्लामा सरूवा भएका थिए।साधारणत: एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो।उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...