Wednesday 19th August 2026

बलिउडका सेलेब्रेटी रबिना, फराह र भारतीलाई पर्‍यो मुद्दा


तितोपाटी-बलिउड अभिनेत्री रवीना टंडन, निर्माता फराहा खान र कमेडियन भारती सिंहलाई मुद्दा परेको छ।पन्जाबको फिरोजपुर जिल्ला प्रहरीले यी तीन जनाले धार्मिक असहिष्णुता फैलाएको आरोपमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।रवीना, फराहा र भारतीले एक कार्यक्रममा ‘हालेलुया’ शब्दको मजाक उडाएको आरोप छ।लगत्तै गत शनिबार प्रहरीले उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। यो सातासम्म आइपुग्दा तीन सेलेब्रेटीविरूद्ध तीन वटै उजुरी परिसकेको छ।

उजुरीपछि रवीना र फराहाले माफी माग्दै कसैको भावनामा ठेस पुर्‍याउने आफूहरूको उद्देश्य नरहेको बताएका छन्।उनीहरूले कार्यक्रमको पूरा भिडिओ हेर्न भन्दै कुनै धर्म वा कसैलाई होच्याउने गरी केही नबोलेको बताएका छन्।उनीहरूले भनेका छन्- हामीले कहिल्यै कसैलाई होच्याउने उद्देश्य राखेका छैनौं। यदि अनजानमा भयो भने पनि हामी माफी माग्छौं।रवीना र फराहाले तीनै जनाको तर्फबाट माफी मागे पनि भारती सिंह भने धेरै चपेटमा परेकी छन्।

‘द कपिल शर्मा शो’ मा देखिँदै आएकी भारतीलाई शोबाट निकाल्नुपर्ने माग उठ्न थालेको छ। सामाजिक सञ्जालहरूमा भारतीलाई तुरून्तै शोबाट हटाउन दबाब दिन थालिएको छ।गत वर्ष पनि फ्यानहरूकै दबाबका कारण कपिल शोबाट नवजोत सिंह सिद्धू हटाइएका थिए। कश्मिरको पुलवामा भएको आतंकी हमलाबारे सिद्धूले दिएको टिप्पणीलाई सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि शोबाट उनलाई निकालिएको थियो।

यो विषयमा सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए। सिद्धूलाई शोमा राखिरहे शो नै नहेर्ने ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्।सिद्धू हटेपछि अर्चना पुरन सिंह उनको ठाउँमा आएकी थिइन् र हाल शोमा उनै छिन्।अहिले आएर फेरि भारतीलाई कपिल शोबाट निकाल्नुपर्ने माग उठिरहेको छ।
-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...