Saturday 18th May 2024

साउदीका अवैध नेपालीलाई घर फर्कने अवसर


तितोपाटी-साउदी सरकारले अवैध रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई बर्हिगमन भिसा जारी गर्ने भएको छ।

आप्रवासी श्रमिकलाई उपलब्ध गराइने परिचय पत्र (अकामा) नवीकरण नगरेका वा कम्पनी छाडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसर उपलब्ध गराइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

हालै साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले यो व्यवस्था गरेको हो।१ महिनाभन्दा बढी अवधि अकामा नविकरण नभए, नयाँको हकमा ४ महिनाभन्दा बढी अवधि अकामा जारी नभए वा कम्पनी छोडी भागेको अवस्थाका आप्रवासी श्रमिकलाई बहिर्गमन भिसा जारी गरिने भएको हो। बहिगर्मन भिसा लिन कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना वा सजायँ नपाएको हुनुपर्ने दूतावासले जनाएको हो।

बर्हिगमन भिसाका लागि आवश्यक कागजातः

१) तोकिएस्वरूपको निवेदन
२) अकामाको प्रतिलिपी–३ प्रति
३) राहदानी र भिषाको प्रतिलिपी– ३ प्रति

-नेपाललाईभबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...