Wednesday 14th January 2026

पीपीएल -टी २० क्रिकेटको उपाधि चितवन राइनोजलाई


तितोपाटी-दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ।पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित २७ लाख पुरस्कार हात पार्यो।

खेलमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि साबिक उपविजेता चितवन पूरै ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २०२ रनको विशाल योगफल तयार गरेको थियो।प्रतियोगिताको उपाधिका लागि २०३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७० रनमा समेटियो। उपविजेता बनेको विराटनगरले १० लाख पुरस्कार पाएको छ।

सुरुआती ब्याट्सम्यान मोहमद जैद आलमले पाँच चौका र तीन छक्कासहित ४८ बलमा ५७ रनको अर्धशतक तथा कप्तान प्रदीप ऐरीले २५ बलमा ३६ र पुनित मेहराले १३ बलमा ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन असमर्थ भए।चितवनका करण केसीले आफ्नो चार ओभर बलिङमा ३६ रन खर्चिएर सर्वाधिक तीन तथा सन्नी पटेलले दुई र रोहन मुस्ताफाले एक विकेट लिए। चितवनको विशाल योगफल तयार गर्नमा रोहन मुस्ताफा र अनिल शाहले अर्धशतक पूरा गरेका थिए।मुस्ताफाले ४३ बलमा ५० रन जोडे भने शाहले ३४ बलमा ५० रनको योगदान दिँदै टोलीको इनिङ्स माथि उकास्न योगदान दिए।

करण केसी अविजित रहँदै आठ बलमा २६ तथा कप्तान खड्काले ११ बलमा २५ रनको योगदान दिए। विराटनगरका पुनित मेहरा मुहमद जैद आलमले समान दुई/दुई तथा किशोर महतोले एक विकेट लिए।चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए। प्रतियागिता मङ्सिर २९ गतेबाट सुरु भएको थियो।

-रासस


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...