Sunday 1st November 2026

डा. सन्तोष उपाध्याय बने “मिस्टर नेपाल-२०१९”


तितोपाटी-मिस्टर नेपाल सन् २०१९ को उपाधि डा सन्तोष उपाध्यायले जितेका छन्। बिहीबार अन्नपूर्ण होटलमा भएको फाइनलमा २१ प्रतिस्पर्धिलाई उछिनेर मिस्टर नेपालको उपाधि जितेका हुन्। उनले मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि पनि जिते।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा.उपाध्याय अहिले अछाम, कमलबजारमा मेडिकल अफिसरको रुपमा कार्यरत छन्। उनले मोटरसाइकल, नगद २५ हजारको साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।
एक्सपोज नेपालको आयोजना रहेको र शिवानी एयर मुख्य प्रायोजक रहेका प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिँए।

वरिष्ठ कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिल्वाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी निर्णायक मण्डलीले नयाँ मिस्टर नेपाल छनोट गरेको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...