Wednesday 7th October 2026

चर्चित गायक रामकृष्ण र निलमबीच सम्बन्धविच्छेद, छोरी आमासँगै बस्ने


तितोपाटी – चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।  रामकृष्ण ढकाल र शाहबीच प्रेम विवाह भएको थियो ।

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हो। सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।उनीहरू बीच सम्बन्धविच्छेद भए पश्चात् छोरी भने आमासँगै बस्ने भएकी छिन् । निलम शाहले श्रीमानबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए ।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...