Thursday 15th January 2026

चर्चित गायक रामकृष्ण र निलमबीच सम्बन्धविच्छेद, छोरी आमासँगै बस्ने


तितोपाटी – चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो ।  रामकृष्ण ढकाल र शाहबीच प्रेम विवाह भएको थियो ।

न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको मुद्दा टुंग्याएको हो। सम्बन्धविच्छेदका लागि निलम शाहले मंगलबार निवेदन दिएकी थिइन्।उनीहरू बीच सम्बन्धविच्छेद भए पश्चात् छोरी भने आमासँगै बस्ने भएकी छिन् । निलम शाहले श्रीमानबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...