Thursday 22nd January 2026

बुवाको सम्झनामा गगनद्वारा एम्बुलेन्स प्रदान


तितोपाटी- गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।
पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सोमबार काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । सोहि क्रममा बोल्दै नेता थापाले राज्यले गर्नुपर्ने काम फाउण्डेसन मार्फत गरिएकोमा खुसी प्रकट गरे ।
अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको एक ठाउँमा मात्रै एम्बुलेन्स संचालनमा रहेको थियो । भुर्तुङ स्वास्थ्य चौकी मार्फत संचालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, पूर्तिघाट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बाग्लुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए ।

एम्बुलेन्स नभएका कारण डोको, स्टिचर तथा निजी सवारीसाधनमा चर्को मुल्य तिरेर स्वास्थ्य संस्थासम्म पुराउनुपर्ने बाध्यता स्थानीयलाई थियो । गाउँका नागरिकको त्यहि समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरिएको छोरा गोकर्ण पौडेलले जानकारी दिए । सामाजिक सेवासहितको राजनीति अहिलेको आवश्यकता हो, पहिले बुबा पनि राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसैको सम्झनामा एम्बुलेनस प्रदान गरेका हौँ ।’


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...