Thursday 12th February 2026

बुवाको सम्झनामा गगनद्वारा एम्बुलेन्स प्रदान


तितोपाटी- गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।
पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सोमबार काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । सोहि क्रममा बोल्दै नेता थापाले राज्यले गर्नुपर्ने काम फाउण्डेसन मार्फत गरिएकोमा खुसी प्रकट गरे ।
अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको एक ठाउँमा मात्रै एम्बुलेन्स संचालनमा रहेको थियो । भुर्तुङ स्वास्थ्य चौकी मार्फत संचालन हुने यो एम्बुलेन्सले सोही वडासहित खड्गकोट, पूर्तिघाट, चन्द्रकोट गाउँपालिकाका केही वडा र बाग्लुङका नागरिकलाई समेत सेवा दिने वडाध्यक्ष शाहले जानकारी दिए ।

एम्बुलेन्स नभएका कारण डोको, स्टिचर तथा निजी सवारीसाधनमा चर्को मुल्य तिरेर स्वास्थ्य संस्थासम्म पुराउनुपर्ने बाध्यता स्थानीयलाई थियो । गाउँका नागरिकको त्यहि समस्यालाई मध्यनजर राख्दै बुबाको सम्झनामा एम्बुलेन्स प्रदान गरिएको छोरा गोकर्ण पौडेलले जानकारी दिए । सामाजिक सेवासहितको राजनीति अहिलेको आवश्यकता हो, पहिले बुबा पनि राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसैको सम्झनामा एम्बुलेनस प्रदान गरेका हौँ ।’


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...