Thursday 20th August 2026

माउण्ट एभेरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौं-कुवेतको २० औं वार्षिकोत्सब तथा ८ औं अधिबेशको सम्पूर्ण तयारी पूरा


तितोपाटी – माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाडौं – कुवेतको २० औं वार्षिकोत्सब तथा ८ औं अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ – कुवेतले  यही आउदो आगामी डिसेम्बर २० तारिक २०१९ शुक्रबारको दिनमा कुबेत स्थित फर्वानियाको  युनिक अडिटोरियम हलमा सम्पन्न हुने क्लबका खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले तितोपाटीलाई जानकारी दिएका छन् ।

कुवेतको नेपाली समाजमा लामो समय देखि यस क्लबले विभिन्न खेलकुदको आयोजना गर्दै आएको छ । प्रवासमा रहेर पनि नेपालीहरुमा लुकेर रहेको खेल प्रतिभालाई प्रस्फुटन गराउन निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कुवेत नगरिमा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाई अगाड़ी बढाउँनु अलावा  सामाजिक कार्यमा समेत सरिक हुदै आएको यस संस्थाले आगामी अधिबेशन पश्चात् नयाँ नेतृत्व चयन गर्नेछ । क्लबका अनुसार, आगामी नेतृत्व अझ सशक्त रुपमा अगाडि बढ्दै आफ्नो कार्ययोजना सफल पार्ने बताएका छन ।

कुवेतमा कृयाशिल विभिन्न सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकार लगायत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको कार्यक्रममा गरिमामय  उपस्थितिको लागि क्लबका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलले हार्दिक अनुरोध गरेका छन । साथै सम्पूर्ण संस्था तथा मिडियाकर्मी, समाजसेवी, बुद्धिजीवी र शुभ चिन्तकहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस् निमन्त्रणा पुग्न नसकेको भएमा यसै समाचारलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि क्लबले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल बमोजिमको समय, मिति र स्थानमा हुनेछ ।

समय: बिहान ११ बजे
मिति: २० डिसेम्बर, २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम हल, फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...