Sunday 1st November 2026

मिस वर्ल्डमा मिस नेपाल अनुष्कालाइ मल्टिमिडिया अवार्ड


तितोपाटी – यस वर्षको मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजना हुने मिस वर्ल्डमा सहभागी हुँदै बिहीबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी छन् । अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन् । मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९ औं मिस वर्ल्ड प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् । अनुष्का यसअघि नै हेड टू हेड च्यालेन्ज राउन्डमा इन्डोनेसियाकी सुन्दरीलाई जितेर टप ४० मा परिसकेकी छन् । यसबाहेक उनी ‘ब्युटी विथ अ पर्पोस’ को टप १० मा पनि परेकी छन् ।

प्रतियोगिताका लागि आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने अनुष्काले बताएकी छन् ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...