Monday 6th May 2024

गृह मन्त्रालयले घुस खाएको आरोपमा दोलखाका सिडिओलाई हटायो


तितोपाटी – घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाललाई शुक्रबार गृह मन्त्रालयले हटाएको छ ।

उनले मुद्दा छिन्ने क्रममा पटक– पटक घुस लिएको खुलेपछि रिजाललाई शुक्रबार मन्त्रालय तानिएको हो । गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ ।
रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए ।

पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सिडिओले घुस लिएको सार्वजनिक गरेका थिए । त्यसअघि पनि विभिन्न मुद्दामा उनले पैसा लिएको खुलेको थियो ।

रिजालमाथि थप छानबिन हुने गृह मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...