Tuesday 18th August 2026

युनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थीद्वारा बोर्ड परिक्षा बहिस्कार गर्दै मानबसाङ्लोको घेरावन्दी


तितोपाटी – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत ३४ दिनदेखि विद्यार्थीहरु आन्दोलनरत छन् भने विद्यार्थीहरू २० दिन यतादेखि रिले अनसनमा पनि बस्दै आएका छन् ।

यसैबिच कलेजले बुधबार मात्रै एक अपिल जारी गर्दै सेतो एप्रोन लगाएका विद्यार्थीहरुलाई आन्दोलन गर्नु शोभनीय नभएको र “Life Year Loss” अर्थात जीवनको महत्त्वपूर्ण वर्ष गुमाउन लागेको भन्दै चेतावनीमुलक अपिल गरेको थियो । कलेज प्रशासनले विद्यार्थीका अभिभावकहरूलाइ फोन गरि डर, धाक, धम्की देखाइ अनुचित प्रभावमा पार्न खोजेको समेत विद्यार्थीहरूले आरोप लगाएका छन् ।

मेडिकल कलेजहरुले लिने गरेको अतिरिक्त शुल्कका विषयलाई लिएर मन्त्रिपरिषद्ले समेत सुचना निकालेको छ । केही दिनअगाडि गत आर्थिक वर्ष र अहिलेको पैसा फिर्ता गर्न भन्दै बिडिएस र एमबिबिएसका विद्यार्थीलाई मात्रै लक्षित गरेर सूचना पठाए पनि त्यसमा विद्यार्थी सन्तुष्ट छैनन्, त्रिपक्षीय छलफल नभैइ, मेडिकल काउन्सिल र सरकारका स्वार्थअनुकुल हुने गरी निर्णय भएको र विद्यार्थीको हितअनुकुल नभएको भन्दै निर्णयको प्रतिलीपि नै जलाएर बिरोध गरेका थिए ।

केही समय अगाडिदेखि अवैध रकम असुलेका कलेजहरुलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिए पनि कलेजहरुले आनाकानी गर्दै आएका छन् । फरक-फरक कलेजमा झन्डै १० देखि ४० लाखसम्म विभिन्न बहानामा अतिरिक्त शुल्क उठाउने गरेको विद्यार्थीको गुनासो छ ।

अतिरिक्त शुल्क उठाएकाे विषयमा विश्वविद्यालय, शिक्षा मन्त्रालय, संसदीय उपसमिति, नेपाल मेडिकल काउन्सिललगायत निकायले छुट्टाछुट्टै छानबिन गरिसकेका छन् । त्यस क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका कलेजले विद्यार्थीपिच्छे थरीथरी शुल्क असुलेको पाइएको थियो ।

समस्या समाधान गर्न शिक्षा मन्त्रालयले एक महिनाभित्र शुल्क फिर्ता गर्नुपर्ने भनी विद्यार्थी र कलेज सञ्चालकबीच सहमति गरायो तर अझैसम्म कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् । समयमै समस्या समाधान नभएकै कारण केही प्रथम बर्षको परिक्षा समेत प्रभावित भएको छ, भने सयौं विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने प्रष्ट छ ।
-न्यूज२४ बाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले रूसी ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न प्रयोग गर्ने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक अवरोधक मिसाइल (इण्टरसेप्टर) लगभग सकिएको…

कुवेत सरकारले युवापुस्तालाई धूम्रपान तथा निकोटिनजन्य पदार्थको पहुँचबाट जोगाउन सुर्तीजन्य पदार्थको बिक्री तथा वितरणसम्बन्धी नियम थप कडा बनाउने भएको छ।…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युद्ध अन्त्य गर्न ‘आत्मसमर्पणको सेतो झण्डा उठाउन’ आग्रह गरेका छन्। अमेरिका र इरानबीच भएको ६०…

प्रतिकृयाहरू
...