Sunday 19th May 2024

युनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थीद्वारा बोर्ड परिक्षा बहिस्कार गर्दै मानबसाङ्लोको घेरावन्दी


तितोपाटी – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले मानवसाङ्लो बनाई कलेज परिसर घेराबन्दी गरेका छन् । आज प्रथम वर्षको बोर्ड परीक्षा सुरु भएकै दिनबाट उनीहरूले परीक्षालाई पुर्ण बहिष्कार गर्दै ‘पेन डाउन’ सम्मको आन्दोलन गरेर कलेज परिसरमा घेराबन्दी गरेका हुन् । मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका मागहरू राख्दै विगत ३४ दिनदेखि विद्यार्थीहरु आन्दोलनरत छन् भने विद्यार्थीहरू २० दिन यतादेखि रिले अनसनमा पनि बस्दै आएका छन् ।

यसैबिच कलेजले बुधबार मात्रै एक अपिल जारी गर्दै सेतो एप्रोन लगाएका विद्यार्थीहरुलाई आन्दोलन गर्नु शोभनीय नभएको र “Life Year Loss” अर्थात जीवनको महत्त्वपूर्ण वर्ष गुमाउन लागेको भन्दै चेतावनीमुलक अपिल गरेको थियो । कलेज प्रशासनले विद्यार्थीका अभिभावकहरूलाइ फोन गरि डर, धाक, धम्की देखाइ अनुचित प्रभावमा पार्न खोजेको समेत विद्यार्थीहरूले आरोप लगाएका छन् ।

मेडिकल कलेजहरुले लिने गरेको अतिरिक्त शुल्कका विषयलाई लिएर मन्त्रिपरिषद्ले समेत सुचना निकालेको छ । केही दिनअगाडि गत आर्थिक वर्ष र अहिलेको पैसा फिर्ता गर्न भन्दै बिडिएस र एमबिबिएसका विद्यार्थीलाई मात्रै लक्षित गरेर सूचना पठाए पनि त्यसमा विद्यार्थी सन्तुष्ट छैनन्, त्रिपक्षीय छलफल नभैइ, मेडिकल काउन्सिल र सरकारका स्वार्थअनुकुल हुने गरी निर्णय भएको र विद्यार्थीको हितअनुकुल नभएको भन्दै निर्णयको प्रतिलीपि नै जलाएर बिरोध गरेका थिए ।

केही समय अगाडिदेखि अवैध रकम असुलेका कलेजहरुलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिए पनि कलेजहरुले आनाकानी गर्दै आएका छन् । फरक-फरक कलेजमा झन्डै १० देखि ४० लाखसम्म विभिन्न बहानामा अतिरिक्त शुल्क उठाउने गरेको विद्यार्थीको गुनासो छ ।

अतिरिक्त शुल्क उठाएकाे विषयमा विश्वविद्यालय, शिक्षा मन्त्रालय, संसदीय उपसमिति, नेपाल मेडिकल काउन्सिललगायत निकायले छुट्टाछुट्टै छानबिन गरिसकेका छन् । त्यस क्रममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका कलेजले विद्यार्थीपिच्छे थरीथरी शुल्क असुलेको पाइएको थियो ।

समस्या समाधान गर्न शिक्षा मन्त्रालयले एक महिनाभित्र शुल्क फिर्ता गर्नुपर्ने भनी विद्यार्थी र कलेज सञ्चालकबीच सहमति गरायो तर अझैसम्म कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् । समयमै समस्या समाधान नभएकै कारण केही प्रथम बर्षको परिक्षा समेत प्रभावित भएको छ, भने सयौं विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने प्रष्ट छ ।
-न्यूज२४ बाट


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...