Wednesday 14th January 2026

महिला भलिबलमा नेपाललाई रजत पदक


तितोपाटी-१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाली टोली रजत पदक मा सिमित भएको छ। मंगलबार भएको खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भएपछी स्वर्ण पदक जित्नबाट नेपाल चुकेको हो । नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भएको थियो ।

भारतले खेल जितेर स्वर्ण पदक हात पार्दा  नेपाल रजत पदक मै सीमित हुन् पुगेको हो ।  पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल १–१ को अवस्थामा ल्याएको थियो।नेपालले तेस्रो सेट २५–२१ ले विजयी बनेको थियो। चौथो सेट नेपालले २५–२०ले गुमाएको थियो। २–२ को अवस्थामा रहेको खेलमा नेपालले अन्तिम सेटमा आत्मविश्वास गुमाएको थियो। भने नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...