Thursday 21st August 2025

भाउजु नाता पर्नेले नै बेचिन १२ बर्षिय बालिका


तितोपाटी-नेपाली बालिकालाई भारत लगेर यौनव्यवसायमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषा घर भइ हाल नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्ग रहेका छन् । तामाङ्ग ती बालिकाको भाउजु नाता पर्ने प्रहरीले जनाएको छ ।

उनले तीन वर्षअघि काठमाडौँमा कक्षा ९ मा अध्ययनरत ती १२ वर्षीया बालिकालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजारको काममा लगाइदिन्छु भन्दै प्रलोभन देखाएर दिल्ली पु-याएकी थिइन् ।पछि बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पु-याएर बन्धक बनाएर वेश्यावृत्तिमा लगाइराखेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोको फेसबुक पेजमार्फत २०७६ मंसिर ८ गते सम्पर्क गरि घटनाको जानकारी गराएको सूचना अधिकारी प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पिडितको उद्दार गरी नेपाल फर्काएको थियो ।बालिकाको बयानको आधारमा बेचबिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट पक्राउ गरेको थियो ।

हाल उनीहरुमाथि मुद्दा दर्ता भइ अनुसन्धान कार्य जारी रहेको थपलियाले जानकारी दिए । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान कारवाही हुने बताइएको छ ।ती बालिकालाई आफन्त नेपाल दिल्लीले उद्धार गरी नेपाल ल्याएको छ ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

प्रतिकृयाहरू
...