Tuesday 13th October 2026

“नेपालका लागि नेपाली” अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित


तितोपाटी – ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । अभियानको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाइ निस्कासन गर्ने निर्णय गरेको हो ।

नेपालका लागि नेपाली अभियानले केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्दै भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण र राजनैतिक शुद्धिकरणको पक्षमा काम नगरेकोले ज्ञानेन्द्र शाहीलाइ निस्कासन गरेको जनाएको छ । अब उप्रान्त ज्ञानेन्द्र शाहीले दिने अभिव्यक्ति, गर्ने कृयाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको संलग्नता, सहभागिता र समर्थन नरहने पनि अभियानले जनाएको छ ।

शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका अभियन्ता बालकृष्ण न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

नेपालका लागि नेपाली अभियानले ज्ञानेन्द्र शाहीले अहिले सम्म गर्दै अाएको योगदानको धन्यवाद दिंदै ज्ञानेन्द्र शाहीलाइ नेपालका लागि नेपाली अभियानबाट निस्कासन गरे पनि स्वदेश तथा विदेशबाट विगतमा साथ, सहयोग र समर्थन दिंदै अाउनु भएका दाजुभाइ तथा दिदीबहिनीहरूले अागामी दिनमा पनि सोही बमोजिम नै साथ पाउने पनि विश्वास लिएको जनाएको छ । स्मरण रहोस नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

सामाजिक संजालमा सार्वजनिक भएको निर्णयः


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...