Wednesday 30th September 2026

आर्यन र मिरूनाको ‘च च हुईं’


तितोपाटी – नेपाली वक्सअफिसमा आज शुक्रबार आर्यन सिग्देल तथा मिरुना मगर स्टारर ‘च च हुईं’ रिलिज भएको छ।रोमको जनरामा राखिएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्।सिनेमामा शर्यन र मिरुनाका अलावा मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्ल आदिको अभिनय रहेको छ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । सिनेमाका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ।रोमकोम भएपनि प्रचारका क्रममा सिनेमा खासै आक्रमक नदेखिएकाले सिनेमालाई वक्सअफिसमा सफल हुने चुनौती छ। मल्टीप्लेक्सहरूले खासै उलेख्य शो उपलब्ध नगराएकाले सिनेमाले ‘वर्ष अफ माउथ’मा धेरै भर पर्नुपर्ने देखिएको छ।

नेपाली वक्सअफिसमा आर्यनको ‘च च हुईं’सँगै बलिउड सिनेमा ‘पागलपंथी’ तथा हलिउड सिनेमा ‘फ्रोजन-२’ र ‘फोर्ड भर्सेज फरारी’  रिलिज भएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...