Monday 28th September 2026

नेपाली जनसम्पर्क समिति कुवेतको प्रवक्तामा शंकर कुमार लिंखा चयन


तितोपाटी – नेपाली जनसम्पर्क समिति कुवेतको सभापति राजेन्द्र बिरहीको सभापतित्वमा आज बसेको दोस्रो बैठकले प्रबक्तामा शंकर कुमार लिंखा र कार्यसमिति सदस्यमा तारा वीर सुवेदी र गङ्गा हस्तालाई सर्वसम्मत चयन गरेको छ ।

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन गत २७ सेप्टेम्बरमा काङ्ग्रेसका महामन्त्री तथा नेपाल सरकारका पुर्व गृहमन्त्री पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको थियो । नेपाली जनसम्पर्क समिति कुवेतको दोस्रो बैठक ८ नोभेम्बर शुक्रबारको दिन कुवेत स्थित फर्वानिया गार्डेनमा सम्पन्न भएको हो ।

नेपाली जनसम्पर्क समिति कुवेतका सल्लाहकार मन्जित चम्लिङ राई, सभापति राजेन्द्र बिरही लगायतले प्रवक्ता र नयाँ सदस्यहरुलाई खादा ओढाएर स-सम्मान साथै प्रमाणपत्र प्रदान गरिएको सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारि दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...