Friday 16th January 2026

म्याग्दीमा माईक्रो बस दुर्घटना: ४ जनाले घटना स्थलमै ज्यान गुमाए, २८ जना घाइते


तितोपाटी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिममा भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन भने २८ जना घाइते भएका छन । दुर्घटनामा परि ७० बर्षिय सतदेवी भट्टचन, ११ बर्षिया आयुसा जुग्जाली र ९ बर्षिय रवि जुग्जाली सहित गुल्मीको कालिगण्डकी गाउँपालिका–२ निवासी ३० बर्षिय विष्णु पाण्डेले ज्यान गुमाएका छन।

दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना भएको हो । माईक्रो बस घुम्तीमा मोड नपुगेपछि सडकबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ । बस सडकको घुम्तीबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा परि घाईते भएकाहरुको उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका थिए ।

माईक्रो बसमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएका २८ जनामध्ये केहि दरबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि घर फर्किएका छन् । सामान्य बाहेकका केही घाईतेहरुलाई प्राथमिक उपचार पश्चात प्राथमिक स्वास्थ्य केन्द्रले बेनी अस्पतालमा रेफर गरेको थियो । घाईते भएका मध्ये ५ जनालाई बेनी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । भने ४ जना अस्पतालमै उपचाररत रहेको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।

 


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...