Monday 7th September 2026

आईएसका नेता बग्दादी मारिएपछि नेता बने अबु इब्राहिम


तितोपाटी – इस्लामिक स्टेट (आईएस)ले अबु इब्राहिम अल–हाशमीलाई नयाँ नेता चुनेको छ । अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा आफ्नो नेता अबु बक्र अल बग्दादीको मृत्यु भएपछि इस्लामिक स्टेटले इब्राहिमलाई नयाँ नेता चुनेको हो ।

एक अडियो सन्देश मार्फत २७ अक्टोबरमा बगदादी मारिएको पुष्टि गर्दै आईएसले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर पनि मारिएको जनाएको छ । यस्तै अबु हम्जा अल कुरैशीले नयाँ प्रवक्ताको जिम्मेवारी पाएको आईएसले जनाएको छ । उनले आईएसका नयाँ नेता अबु इब्राहिम अल–हाशमीसँग हात मजबुत बनाउन मुस्लिम समुदायलाई आह्वान गरेका छन् ।

बीबीसीका अनुसार अबु इब्राहिम अल–हाशमी अमेरिकी सुरक्षा बलका लागि परिचित नाम होइन । इस्लामिक स्टेटले पनि आफ्नो नयाँ नेतृत्वको बारेमा धेरै जानकारी दिएको छैन । उनको तस्वीर पनि सार्वजनिक गरिएको छैन । तर इस्लामिक स्टेटले भनेको छ, अल–हाशमी पुरानो जिहादी लडाकु हुन् र उनी पश्चिमाविरुद्ध धेरै लडाइँ लडिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...