Thursday 2nd April 2026

५० बर्षीयले ४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास


बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया  बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ । आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका थिए । काम गर्ने क्रममा घरधनीका अन्य सदस्य बाहिर गएको मौका छोपी ईशराईलले सोही घरकी बालिकालाई करणीको प्रयास गरेको र बालिका रोए कराएपछि आरोपी फरार भएको प्रहरीले जनाएको छ ।

बारा प्रहरी प्रवक्ता डिएसपी रंजितशिंह राठौरले घटनाको पुष्टी गर्दै पिडिताको जिल्ला अस्पताल कलैयामा बुधवार साँझ स्वास्थ परीक्षणसमेत भइसकेको जानकारी दिएका छन् ।
-संजय मिश्र, रातोपाटी


सम्बन्धित शीर्षकहरु

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

प्रतिकृयाहरू
...