Saturday 15th November 2025

बेलायतमा नेपाली महिलाको छुरा प्रहार गरि हत्या


तितोपाटी – बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुरथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पोस्टमार्टम रिपोर्टमा उनलाई धेरै पटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे उनी बस्ने बर्थवल्म्यू स्ट्रिट हाइफिल्डमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आइपुग्दा फातिमाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

इष्ट मिडल्याण्ड स्पेशनल अपरेसन्स युनिटका डिटेक्टिभ इन्सपेक्टर मार्क सिन्सकीले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले केही सूचना भए उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...