Friday 16th January 2026

२० करोडमा सजिएको काठमाडौँ


तितोपाटी- चीनियाँ राष्ट्रपति सी चिनफिङको शनिबारदेखि सुरु दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको पाईएको छ ।

नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ । अस्तव्यस्त तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ ।
नेपाल समाचारपत्रबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...