Monday 19th January 2026

सांगीतिक कार्यक्रमको लागी जीवन शर्मा र जितु नेपाल भोली दिउसो ३:३० मा कुवेत आइपुग्ने


तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतद्वारा आयोजित कुवेतको खैतानस्थित राजधानी होटलमा हुनगइरहेको मुन्द्रे एण्ड शर्मा शो सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ।

उक्त कार्यक्रमको लागी नेपाल बाट अथिति कलाकारमा, जनगायक- जीवन शर्मा, त्यस्तै हास्य कलाकार जितु नेपाल (मुन्द्रे) भोलि बेलुका स्थानीय समय अनुसार दिउसोको ३:३० बजे कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा आवतरण हुने भएका छन्।

नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारेर हुन गईरहेको उक्त सांगीतिक कार्यक्रममा नेपालबाट अथिति कलाकारको भव्य प्रस्तुति रहने भएको छ, भने सोहि कार्यक्रमका लागी निमन्त्रित अथिति कलाकारलाई स्वागतको लागी कुवेतमा, क्रियासील संघ संस्था पत्रकार,खेलाडी लगायत बुद्धिजीवी सम्पूर्णमा समयमै उपस्थित भइदिन, समाजका अध्यक्ष माधव पौडेलले अनुरोध गरेका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...