Thursday 12th March 2026

न्याउली करायो, तिम्रो जवानी पनि हरायो


तिलक भण्डारी (कमल) – विविध कालखण्डमा नेपाली समाजले परिर्बतनको लागी ठुलो योगदान दियो । कोहि सहिद भए कोहि बेपत्ता, कोहि अपाङ्ग, कोहि बंश नास भयो । तर त्यही योगदान, तपस्या र कष्टले प्राप्त गरेको लोकत्रन्त्रले जनताका साधारण आबश्यकता समेत उजागर गर्न सकेन मात्र ब्यक्तिबाट र नाताबाद हुदै नेताबादमा नै सिमित भयो । नेपाली युवाले बिभिन्न कालखण्डमा इतिहासले भुल्न नसकने गरी योगदान दियो ठुला ठुला क्रान्ति भए तर आज त्यो क्रान्ति   भरान्ती जस्तो देखिएको छ ।

जनताले दिएको योगदानको कदर किन हुन सकेन भनेर अहिले सम्म न कुनै राजनितिक दलभित्र बहस भयो नत सामाजिक अगुवा वा नागरिक समाज वा अन्य ठाउँबाट मात्र निजि स्वार्थ बाहेक अहिले सम्म नेपाली नागरिकले केहि प्राप्त गर्न सकेनन । राजनिति भनेको जनतालाई  शक्तिशालि बनाउने हो । राजनिति गर्ने नेतृत्व कायर्कता जनसेवामा प्रेरित हुनपर्ने हो । बिडम्बना नेपालमा राजनिति भनेको ब्यापार जस्तो भयो जोड घटाउ र नेता कसरी शक्तिशाली र धनाध्य बन्ने होड मात्र भयो ।

नेपाली जनचाहाना त्यति धैरै पनि होइन मात्र गाँस, बाँस, कपास, शिक्षा र स्वस्थ्यको ग्यारेन्टी होस । राज्यले उचित पहल अगाडि बढाउने ठुलो अपेक्षा थियो तर जनचाहाना जे थियो त्यसको ठिक बिपरित भएको छ । कतै कर आंतक कतै लुठ आंतक हुदा हुदा अहिले अस्पतालमा समेत अगं आंतक सृजना भएको छ । यस्तो आंतक कहिले सम्म हामी सहेर बस्ने कतै बिरोधको आवाज आयो भने निषेधको आंतक यहि हो लोकतन्त्र र समाजबाद ? समाजबादको परिभाषा सिकाउनु पर्ने समय आएको छ । हाम्रो राजनिति दलका नेतृत्व बर्गलाई तबमात्र परिभाषाको पुर्ण ज्ञान हासिल गर्ने छन ।

स्वास्थ्य जस्तो जटिल र समबेदनशिल बिषयमा पनि राज्यको तर्फबाट नागरिकले खासै आशा गर्ने ठाउँ छैन । किनभने एकजना सक्षम नागरिकले राज्यले तोकेको हरेक शिर्षकमा कर तिरेको हुन्छ । त्यही करबाट राज्य संचलान भएको छ । कसैलाई फलिफाप त कसैलाई  गालाको ललिपप भएको छ । तर हामी आवाज बिहिन र निरहि नागरिकको लागी बिरामी परी जटिल रोगले आक्रमण गर्दा घरको आगनमा बसेर रुने र कराउने बाहेक नागरिकसग अर्को बिकल्प छैन ।

राजनितिदलका आबद्ध कायर्कता र नेतृत्व स्वास्थ्य र शिक्षा जस्तो बिषयमा धिघर्कालिन योजना बनाएर नागरिकलाई शिक्षा र स्वास्थ्य निशुल्क बनाउनुपर्छ भनेर अहिले सम्म कुनै दलमा बहस भएको देखिदैन । मात्र कसरी हुन्छ सत्ता हत्याउने र राज्यको सम्पति दोहन गर्ने सोच बिचार भावना बाहेक अरू भएको देखिदैन ।

एउटा नेपाली नागरिकले आफनो जिवनभर दुख कष्टगरी घर परिवार चलाएको हुन्छ । त्यही नागरिकलाई राज्यले विविध शिर्षकमा कर असुल गरेको हुन्छ । तर त्यही नागरिक रोगले सकंटग्रस्त अबस्थामा पर्दा राज्यले यो मेरो नागरिक होइन जस्तो गरी कुकुरले हडि छोडे जस्तो गरी छोडेको हुन्छ । यहि होत कम्युनिष्टको समाजबाद वा काग्रेसको लोकतन्त्र ? जटिल बिरामी हुदा सहयोग लागी सडकमा बसेर होस वा समाजिक संजालमा देखिएर होस सहयोग माग्ने नेपालि नागरिकको लागी यस्तो दिनको अन्त्यहोस भन्ने हामी सबै नागरिकको चाहाना र आशा हो ।

यदि जनताको लागी वा जनसेवा भनेर राजनिति गरेको हो भने स्वास्थ्य जस्तो जटिल बिषयमा राज्यले दिर्घकालिन योजना निति बनाएर सबै नेपाली नागरिकलाइ स्वास्थ्यको पुर्ण निशुल्क गर्नपर्छ । तबमात्र समाजबादको कुरा गर्न पनि मिल्छ जनताको जोखिमबाट पनि मुक्त हुन्छ । होइन भने न्याउलि करायो तिम्रो जवानि पनि हरायो जस्तो हुन्छ ।

सम्पुर्ण देशभक्त र राज्य प्रेमिहरूलाई बिशेष आग्रह गर्न चाहान्छु । यहि सानो लेखमार्फत स्वास्थ्यको लागी राज्यबाट पुर्ण निशुल्क कसरी गर्न सकिन्छ । यो बिषयलाई दिर्घकालिन निति र योजनाको लागी सबै राजनिति दलमा ठुलो सख्या युवा शक्ति छ । यसलाई  कसरी कार्यन्वयन गर्न सकिन्छ । भने दिशा तिर केहि सोच बिचार गरी अगाडि बढने र यो निति लागु गर्ने हो । भने पक्का लिक्वान जस्तो लोकप्रिय र उहाले जस्तो राज्य संचालन गर्न धैरै समय मिल्ने छ । स्वास्थ्यमा पुर्ण निशुल्क नै आजको नेकपाको समाजबाद होला ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...