Saturday 24th October 2026

बैदेशिक रोजगारको पिडाः गुम्यो आँखाको दृष्टि, फेल भए दुवै मृगौला


तितोपाटी-वि.स. २०७५ साल फागुन २९ गते मलेसियामा रहेका रुपन्देही तिलोत्तमाका टेक बहादुर वि.क. को आँखाले धमिलो देख्यो । उनीले त्यहि ख्याल गरेनन् । साँझ बाथरुम छिर्दा धमिलो देखेका उनी त्यो रात त्यति ख्याल गरेनन ।

विहान सवेरै सिलाई कम्पनीमा काम गर्न जानु पर्ने थियो । विहान उठेर मोबाईल हेर्न खोजे तर उनले मोबाईलमा कति बजेको छ भनेर ठम्याउन सकेनन् । आँखाले धमिलो देख्यो । उनी आत्तिदै साथीलाई गुहारे । साथीले नजिकै रहेको अस्पतालमा पुराए । त्यो दिन ०७५ साल चैत १ गते थियो ।

अस्पतालमा पुगेपछि मात्र थाहा भयो, उनका दुवै आँखाका दृष्टि गुमे । त्यति मात्र हैन उनका दुवै मृगौलाले काम गर्न छाड्यो । यो कुरा साथीले थाहा पाए । “एक दुई दिन त उहाँहरुले मलाई पनि भन्नुभएन, भिडियो कलमा पनि आउनु भएन” टेक बहादुरकी श्रीमती मिश्रा कुमारी दर्जीले भनिन्–“घटना भएको त्यहि २ या ३ दिनमा मात्र मैले सवै कुरा थाहा पाए ।” ३ बर्ष मेलेसियामा सिलाईको काम गरेका उनी पछिल्लो पटक वि.स. ०७२ सालमा सिलाई कम्पनीमै काम गर्न मलेसिया पुगेका थिए ।

४ बर्ष विदेशमा पसिना बगाएर कमाएको पैसाले टेक बहादुरले तिलोत्तमा ११ करौजियामा १० धुर जग्गा किने । त्यहि जग्गामा सानो झुपडी बसालेर सुखका दिन विताउने योजनामा थिए । तर अहिले त्यो घरमा टेक बहादुर विरामी हुँदा समेत बस्न पाएका छैनन् । घर अहिले विक्रिमा छ । कारण उनलाई लागेको रिण तिर्न ।

आँखाको दृष्टि गुमाएको खवर पाएपनि टेक बहादुरकी श्रीमतीलाई मृगौला फेल बारे थाहा थिएन । टेक बहादुर ०७५ साल चैत ८ गते त्रिभुवन विमानस्थल झरे ।साभार बुटवल अनलाईन

थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...