Monday 9th February 2026

बैदेशिक रोजगारको पिडाः गुम्यो आँखाको दृष्टि, फेल भए दुवै मृगौला


तितोपाटी-वि.स. २०७५ साल फागुन २९ गते मलेसियामा रहेका रुपन्देही तिलोत्तमाका टेक बहादुर वि.क. को आँखाले धमिलो देख्यो । उनीले त्यहि ख्याल गरेनन् । साँझ बाथरुम छिर्दा धमिलो देखेका उनी त्यो रात त्यति ख्याल गरेनन ।

विहान सवेरै सिलाई कम्पनीमा काम गर्न जानु पर्ने थियो । विहान उठेर मोबाईल हेर्न खोजे तर उनले मोबाईलमा कति बजेको छ भनेर ठम्याउन सकेनन् । आँखाले धमिलो देख्यो । उनी आत्तिदै साथीलाई गुहारे । साथीले नजिकै रहेको अस्पतालमा पुराए । त्यो दिन ०७५ साल चैत १ गते थियो ।

अस्पतालमा पुगेपछि मात्र थाहा भयो, उनका दुवै आँखाका दृष्टि गुमे । त्यति मात्र हैन उनका दुवै मृगौलाले काम गर्न छाड्यो । यो कुरा साथीले थाहा पाए । “एक दुई दिन त उहाँहरुले मलाई पनि भन्नुभएन, भिडियो कलमा पनि आउनु भएन” टेक बहादुरकी श्रीमती मिश्रा कुमारी दर्जीले भनिन्–“घटना भएको त्यहि २ या ३ दिनमा मात्र मैले सवै कुरा थाहा पाए ।” ३ बर्ष मेलेसियामा सिलाईको काम गरेका उनी पछिल्लो पटक वि.स. ०७२ सालमा सिलाई कम्पनीमै काम गर्न मलेसिया पुगेका थिए ।

४ बर्ष विदेशमा पसिना बगाएर कमाएको पैसाले टेक बहादुरले तिलोत्तमा ११ करौजियामा १० धुर जग्गा किने । त्यहि जग्गामा सानो झुपडी बसालेर सुखका दिन विताउने योजनामा थिए । तर अहिले त्यो घरमा टेक बहादुर विरामी हुँदा समेत बस्न पाएका छैनन् । घर अहिले विक्रिमा छ । कारण उनलाई लागेको रिण तिर्न ।

आँखाको दृष्टि गुमाएको खवर पाएपनि टेक बहादुरकी श्रीमतीलाई मृगौला फेल बारे थाहा थिएन । टेक बहादुर ०७५ साल चैत ८ गते त्रिभुवन विमानस्थल झरे ।साभार बुटवल अनलाईन

थप जानकारीका लागि पुरा भिडियो हेर्नुहोस


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...