Friday 2nd October 2026

श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना


तितोपाटी- सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ ।

साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए ।

विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...