Monday 30th March 2026

१० बुँदे सहमति संगै खुल्यो मलेसिया रोजगारी


तितोपाटी- १५ महिनादेखि बन्द रहेको मलेसियाको राेजगारी पुनः सुरु हुने भएको छ। नेपाल र मलेसियाका अधिकारी सम्मिलित प्राविधिक समितिको क्वालालमपुरमा बसेको संयुक्त बैठकले तत्काल रोजगार खोल्नेगरी बिहीबार १० बुँदे सहमति गरेकाे छ।

नेपाली पक्षको नेतृत्व गरेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मलेसिया रोजगारी पुनः पूर्ववत अवस्थामा सूचारु भएको बताए। मलेसिया रोजगारमा मुख्य समस्याका रुपमा देखिएको स्वास्थ्य परीक्षणको विषयलाई सम्बोधन गर्न मलेसिया तयार भएको सहसचिव घिमिरेले बताए।
‘हाललाई पूर्ववत अवस्थामै रहेका ३६ स्वास्थ्य संस्थाबाट काम सुचारु गर्ने र कुल सूचीकृत १२२ मध्ये बाँकी रहेको ८६ संस्थालाई पछि सूचीकृत गर्दै जाने सहमति भएको छ’, घिमिरेले मलेसियाबाट नागरिक न्यूजसँग भने।

मंगलबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चलेको थियो। सुरूमा दुइ दिन बस्ने भनेकाे बैठक निष्कर्षमा नपुग्दा लम्बिएकाे थियाे।

सहमतिसँगै दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौता कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको उनले बताए। ‘अब नेपालीहरु मलेसिया जाने प्रक्रिया तुरुन्तै सुरु हुन्छ।’ सहसचिव घिमिरेले मलेसिया बन्द नगरेको जिकिर गर्दै श्रम सम्झौता अनुरुप नयाँ प्रक्रियाबाट कामदार जाने बाटो खुला भएको बताए।

वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले टिओआरको आधारमा मलेसियाको माग प्रमाणिकरण र श्रम स्वीकृतीको काम अघि बढ्ने उनको भनाई छ। मलेसिया गतिराेध अन्त्य भएकाेमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराइले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत वर्षदेखि अवरूद्ध नेपाली श्रमिकहरुको गन्तव्य मलेसिया आगामी आइतबारबाट खुल्ने भएको छ।’


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...