Monday 30th March 2026

कांग्रेस नेता पूर्णबहादुर खड्का र गगन थापा कुवेत आउदै


तीतोपाटी- नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ।

आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष इन्द्र पौडेल जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको हो। अधिवेशनको लागि कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा समितिले आफ्नो अधिवेशन गर्न लागेको समितिका सभापति कल्याण कुमार श्रेष्ठले बताए।

जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्वीकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद कतारबाट नरेन्द्र भाट युएईबाट मनाेज गोर्खालीको उपस्थित रहने समितिले जानकारी दिएको छ।

कुवेतलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अधिवेशनमा उपस्थितिका लागि नेपाली जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ। साथै उक्त दिन कुवेतमा रहेका क्रियाशिल संघसंस्थाहरुले कार्यक्रम नजुझाई दिनुहुन समितिले आग्रह समेत गरेको छ।

कार्यक्रम हुने :

मिति : २७ सेक्टेम्बर २०१९
समय : ठिक ११ बजे
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...