Monday 19th January 2026

कांग्रेस नेता पूर्णबहादुर खड्का र गगन थापा कुवेत आउदै


तीतोपाटी- नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ।

आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष इन्द्र पौडेल जानकारी दिए।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको हो। अधिवेशनको लागि कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा समितिले आफ्नो अधिवेशन गर्न लागेको समितिका सभापति कल्याण कुमार श्रेष्ठले बताए।

जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्वीकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद कतारबाट नरेन्द्र भाट युएईबाट मनाेज गोर्खालीको उपस्थित रहने समितिले जानकारी दिएको छ।

कुवेतलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अधिवेशनमा उपस्थितिका लागि नेपाली जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ। साथै उक्त दिन कुवेतमा रहेका क्रियाशिल संघसंस्थाहरुले कार्यक्रम नजुझाई दिनुहुन समितिले आग्रह समेत गरेको छ।

कार्यक्रम हुने :

मिति : २७ सेक्टेम्बर २०१९
समय : ठिक ११ बजे
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...