Friday 25th September 2026

चन्द्रयानको चोटमा पाकिस्तान रमायो


तोयानाथ उपेक्षित – विज्ञानले भौतिक जगतमा गर्दै गरेको अभुतपूर्व उपलव्धीमा चोट लाग्दा सारा दुनिया दुःखी छ तर यति बेला पाकिस्तान भने रमाएको छ । आज विहान भारतीय मिसन चन्द्रयान २ को असफलतामा पाकिस्तानका एक मन्त्रीले खुशी व्याक्त गर्दै ट्वीट गरेका छन । क्षमता नभएको काम गर्ने मुर्खता भारतले गरेको उनले भनेका छन ।

पृथ्वीको आयु छोटिदै गरेको र मानबजातीको बचाउ गर्न ब्रह्माण्डमा कुनै अर्को जैवीक ग्रह खोज्न ढिलो गर्न नहुने बैज्ञानिकहरुको विचारलाई साकार पार्न अन्तरिक्षको यात्रा र खोजको तिब्र थालनी भईरहेको अवस्थामा चन्द्रयान पनि त्यसैको एउटा हिस्सा थियो तर अन्तिम समयमा त्यसले सफलता हात पार्नबाट चुक्यो ।

चन्द्रयानले चन्द्रमाको कठिन भूगोललाई यात्राको लागि रोजेको थियो । जहाँको तापक्रम अति न्युन रहने गरेको छ । सूर्यको प्रकाश राम्रो सँग नपुग्ने ओसिलो क्रेटरमा चन्द्रयान अवतरण भए पछि यसले त्यहाँको सतहमा अप्रेसन गर्नु पर्ने थियो यसका लागि जमिनको मुनिको तापक्रम पत्ता लगाउन १० सेन्टिमिटर छेडेर परिक्षण गर्नेवाला थियो । यसरी नै सतह र त्यस माथिको तापक्रमको मापन गर्ने योजना थियो । जमिनमा पानीको अवस्थाको सुनिश्चितता गर्ने र चन्द्रमाको आयु पत्ता लगाउने यसको मुख्य उद्देश्य थियो ।

हाल सम्म चन्द्रमामा अमेरिका, रसिया र चिनले मात्र यानको सफल अवतरण गरेका छन । गत अप्रिलमा ईजरेलको अवतरण पनि असफल भएको थियो । भारत चन्द्रमामा पुग्ने चौथो देश बन्नबाट अलिकतिले चुकेको छ । तल गा्रफिक मा हेर्नु होस । जहाँ चन्द्रको धरातल छुन २ दशमलब १ किलो मिटर बाँकी छदा चन्द्रयानले बाटो विराएको देखिन्छ । रातो बाटो उसले छाडेको थियो । त्यसपछि उसको ईस्रो सँग सम्बन्ध विच्छेद भएको थियो । चन्द्रयानले पृथ्वीमा डेटा नपठाएको कारण उक्त यान दुर्घटनामा परेर काम नगर्ने अवस्थामा पुग्यो कि सुरक्षित नै छ भन्न गाहो हुने बैज्ञानिक तर्क छ । जब सम्म यानले कुनै संकेत पठाउदैन तब सम्म यसको अवस्था अज्ञात नै रहने छ ।

गत जुलाई २९ मा भारतको श्रीहरीकोटाबाट प्रक्षेपित चन्द्रयानले ४८ दिनको यात्रा गरेर चन्द्रमा पुगेको थियो । यसको प्रत्यक्ष प्रसारण हेर्न भारतीय प्रम नरेन्द्र मोदी ईस्रोको हेड क्वाटर पुगेका थिए । महिलाहरुको नेतृत्वमा रहेको यस मिसन सफल भएको भए चन्द्रमामा महिला भनेर प्रचार गरिने थियो तर त्यसो हुन पाएन ।

नौ सय ७८ करोड लगानीको चन्द्रयान मिसनका लागि भुटानका बैज्ञानिक एवं विद्यार्थीलाई पनि सामेल गरिएको थियो । मिसनको असफलता पछि भारतीय प्रम नरेन्द्र मोदीले मिसन चिफ शिबनलाई भेटि सान्त्वना दिएका थिए भने मिसन चीफ रोएका थिए । प्रम मोदीले मिसनले उद्देश्य नचुमे सम्म अभियान नरोक्ने समेत बताएका छन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...