Saturday 24th October 2026

बिदेसमा सम्पर्क बिहीन भएका छारोलाई घर फर्किन बाबु–आमाको अपिल


तितोपाटी-बैदेशीक रोजगारका लागि मलेसिया गएर बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएका छोरालाई घर फर्कीन रुपन्देहीको तिलोत्तको एक परिवारले अपिल गरेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार बस्ने बाबु डिलबहादुर दर्जी र आमा आईति दर्जीले आफ्ना ३३ बर्षीय छोरा किशन बहादुर दर्जीलाई घर फर्किन अपिल गरेका हुन् । बैदेशीक रोजगारका लागि २०४६ सालमा मलेसिया गएका किशन बहादुर बिगत ५ बर्षदेखि सम्पर्क बिहीन भएको उनका बाबु डिल बहादुरले बुटवल अनलाइनलाई बताए ।

मलेसिया गएर काम सुरु गरेको पहिलो कम्पनि ७ महिनामै काम छाडेको जानकारी पाएको पाएको त्यसपछि छोराले कहाँ के काम गरेको छ भन्ने बिषयमा जानकारी नभएको र बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएको उनले जानकारी दिए ।

पैसा नभएर घर आउन रोकिएको भए आफुले नेपालबाट पैसा पठाईदिन समेत तयार रहेको बाबु डिल बहादुरको भनाई छ । अनलाइनमा समाचार प्रकाशित भए कसैले देखेर छोरा सम्म सन्देश पुग्न सक्ने र छोरो घर फर्किने आशमा आफु बुटवल अनलाइनको सम्पर्कमा आएको डिल बहादुरले बताए । बिदेश गएको ७ महिनामा एक छोराको बाबु बनेका किशनले अहिले सम्म न छोराको अनुहार देख्न पाएका छन् न त १० बर्षे बालकले आफ्नो बाबुको अनुहारनै देख्न पाएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...