Sunday 29th March 2026

बिदेसमा सम्पर्क बिहीन भएका छारोलाई घर फर्किन बाबु–आमाको अपिल


तितोपाटी-बैदेशीक रोजगारका लागि मलेसिया गएर बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएका छोरालाई घर फर्कीन रुपन्देहीको तिलोत्तको एक परिवारले अपिल गरेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार बस्ने बाबु डिलबहादुर दर्जी र आमा आईति दर्जीले आफ्ना ३३ बर्षीय छोरा किशन बहादुर दर्जीलाई घर फर्किन अपिल गरेका हुन् । बैदेशीक रोजगारका लागि २०४६ सालमा मलेसिया गएका किशन बहादुर बिगत ५ बर्षदेखि सम्पर्क बिहीन भएको उनका बाबु डिल बहादुरले बुटवल अनलाइनलाई बताए ।

मलेसिया गएर काम सुरु गरेको पहिलो कम्पनि ७ महिनामै काम छाडेको जानकारी पाएको पाएको त्यसपछि छोराले कहाँ के काम गरेको छ भन्ने बिषयमा जानकारी नभएको र बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएको उनले जानकारी दिए ।

पैसा नभएर घर आउन रोकिएको भए आफुले नेपालबाट पैसा पठाईदिन समेत तयार रहेको बाबु डिल बहादुरको भनाई छ । अनलाइनमा समाचार प्रकाशित भए कसैले देखेर छोरा सम्म सन्देश पुग्न सक्ने र छोरो घर फर्किने आशमा आफु बुटवल अनलाइनको सम्पर्कमा आएको डिल बहादुरले बताए । बिदेश गएको ७ महिनामा एक छोराको बाबु बनेका किशनले अहिले सम्म न छोराको अनुहार देख्न पाएका छन् न त १० बर्षे बालकले आफ्नो बाबुको अनुहारनै देख्न पाएका छन् ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...