Friday 23rd October 2026

कुवेतविरुद्धको खेलमा नेपालको कप्तानी किरण चेम्जोङले गर्ने


तितोपाटी –  विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।

२३ सदस्यीय टोली र १२ अफिसियल गरी ३५ जनाको जम्बो टोली आइतबार कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेतबिरुद्ध सेप्टेम्बर ५ मा खेल खेल्नेछ ।

कुवेतबाट नेपाल फर्किएकै दिन नेपाली टोली चाइनिज ताइपेइका लागि प्रस्थान गर्नेछ । नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध खेल खेल्नेछ ।

विश्वकप तथा एसियन कपको दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ । नेपालले कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ । समूहको शीर्ष २ टोली तेस्रो चरणमा स्थान बनाउनेछन् ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

तिब्बत क्षेत्रमा बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्।…

दक्षिण अफ्रिकाको तटीय सहर डरबनमा आप्रवासीविरोधी प्रदर्शनका क्रममा एक विदेशी नागरिकको कुटपिटबाट मृत्यु भएको छ। प्रहरीले बिहीबार दिएको जानकारी अनुसार…

जलवायु परिवर्तनका कारण हुने हानि–नोक्सानी सम्बोधन गर्न स्थापना गरिएको ‘हानि–नोक्सानी कोष’ (Loss and Damage Fund) ले नेपाललाई २० मिलियन अमेरिकी…

प्रतिकृयाहरू
...