Tuesday 28th October 2025

‘धर्मसंस्कृतिमा योजनाबद्ध आक्रमण भइरहेको छ’


तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताए । धर्म, संस्कृति र परम्पराको आधारमा एकताबद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउँदै लगेको तर्क उनले गरे । उनले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए ।

अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्नेतर्फ सरकारको ध्यानाकर्षण पनि गराए । उनले दशौं लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका…

तितोपाटी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...