Wednesday 21st January 2026

पेडा खाएपछि बेहोस भएका आचार्यलाई विष खुवाएको खुलासा


तितोपाटी- बाबा रामदेवका सहयोगी आचार्य बालकृष्णलाई विष खुवाएको खुलासा भएको छ । गत साता अचानक अस्वस्थ भएका भारतस्थित पचञ्जलि योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको हो । नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामेदेवका मुख्य सहयोगीका रुपमा कार्यरत छन् ।

कृष्ण जन्माष्टमीका दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा अचानक बिरामी भएका आचार्य बालकृष्णको स्वास्थ्यमा सुधार देखिएको छ। पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल पतञ्जलि स्वामित्वामा रहेको अस्पतालबाट अर्कै अस्पतालमा सरुवा गरिएको थियो। आचार्यलाई पेडामा विष मिसाएर खान दिएको आशंका गरिएको छ।

नेपालमै औषधि उत्पादन गरी बजार विस्तार गर्ने योजनासहित पटकपटक नेपाल आएका आचार्य बालकृष्णको फुड प्वाइजन भएको वा होइन भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने देखिएको छ। सोमबार बिहान नेपाल फर्कनुअघि पतञ्जलि योगपीठ नेपालका अधिकारीसँग कुरा गर्दै बाबा रामदेवले आचार्य बालकृष्णलाई कसैले पेडामा विष मिसाएर खुवाएको र सो विषयमा अनुसन्धान भइरहेको बताए।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...