Tuesday 11th November 2025

दुबईमा सम्पर्कविहीन अधिकारीलाई खोजिदिन परिवारको आग्रह


तितोपाटी- एक वर्षको छोरासहित श्रीमति डिकमाया बस्नेत अधिकारी (सुस्मा) लाई घरमा छाडेर चार वर्षपहिले दुबई गएका पन्चावती ४ उदयपुरका इन्द्र बहादुर अधिकारी सम्पर्कविहीन भएको भन्दै घरपरिवारले खोजिदिन अग्रह गरेका छन् ।

पति सम्पर्कविहीन भएपछि बस्दै आएको घर बैंकमा धितो राखि ऋणा निकालेको भन्दै बैंकले घर लिलामी गर्न लागेको बहानामा माइला जेठाजुले घर आफ्नो नाममा नामसारी गरेपछि बिचल्लीमा परेकी डिकमाया आफ्नो छोरासहित माइतिको शरणमा पुगेकी छन् ।“दुबईमा विभिन्न सामाजिक संघसंस्थाहरु, पत्रकारहरु, नेपाली राजदूतावास भएको भन्ने सुनेकी छु । मेरो श्रीमान्को अवस्था बुझिदिएर घर परिवारलाई जानकारी दिन आग्रह गर्दछु,” डिकमायाले भनिन् ।
साभार- कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...