Wednesday 24th December 2025

थप पाँच दिन रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको अनुमति


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई थप पाँच दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न आदेश दिएको हो।सोमबार पहिलो पाँच दिनको म्याद सकिएपछि प्रहरीले तीनै जनालाई मंगलबार अदालत लगेको थियो।

तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनले आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान सिलसिलामा प्रहरीले उनीहरूलाई साउन ३० पक्राउ गरेको थियो।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...