Tuesday 23rd December 2025

वर्षेनी पाँच हजारले ‘सिध्याउँछन्’ आफैले आफैलाई


आत्महत्याको पहिलो कारण प्रेम सम्बन्ध

नेपालमा आत्महत्या गर्नेहरुको तथ्याङ्क अत्यासलाग्दो छ । नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आफैले आफैलाई सिध्याउने (आत्महत्या) गरेका छन् ।प्रेममा आफूले भने जस्तो नहुनु, परीक्षामा आफूले भने जस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५–७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।

आव २०७५–७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ ।

आव २०७४–७५ को तुलनामा आव २०७५–७६ मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । आव २०७४–७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौं उपत्यकामा आव २०७५–७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४–०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...