Thursday 12th March 2026

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो


तितोपाटी -अत्यधिक वर्षासँगै आएको पहिरोको कारण म्यानमारमा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

देशको मोन राज्यमा शुक्रबार भएको घटनामा मृत्यु हुनेको संख्या बढेर शनिबार विहानसम्ममा २९ पुगेको हो ।“आज विहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई शनिबार बताउनुभयो । लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो पहिरो गएको थियो । पहिरोले स्थानीय बासिन्दाका घर बगाउनुका साथै धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । स्थानीय समय अनुसार शुक्रबार विहान ७ बजेतिर पहिरो भएको थियो । पहिरो लगत्तै स्थानीय बासिन्दा र अन्य क्षेत्रबाट आएका उद्धारकर्मीहरुले खोजी तथा उद्धार कार्य गरिरहेका छन् ।

अत्यधिक वर्षासँगै आएको बाढीले पाउङसँगै मावलाम्यीने, मुडोन, थान्ब्युजायात, क्यैकमाराव, ये लगायतका ठाउँमा बढी असर परेको छ । ती क्षेत्रका कतिपय विद्यालयहरु केही दिनलाई बन्द गरिएको छ ।देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दशौँ हजार आफ्नो घरबाट विस्थापित भएको पनि समाचारमा जनाइएको छ । पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाए प्यार कोने गाउँको १६ ओटा घर बगाएको अधिकारीहरुले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...