Saturday 3rd October 2026

बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको पहलमा हिरा परियारको उद्धार


तितोपाटी- कुवेतको आदन अस्पतालमा  उपचार्थ हिरा परियारलाई बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको पहलमा उद्धार गरिएको छ । बिगत एक बर्ष देखि उपचार्थ रहेकि बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ बुर्तिबाङ्ग की ३९ बर्षिय हिरा परियार स्वदेश फर्किएकी हुन
आदन अस्पतालमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस बिमारी बाट ग्रसित भएको कुरा उनको आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराएपछी स्वदेश फर्काउन पहल शुरु गरिएको संयोजक नवल खड्काथोकी जानकारी गराएका छन ।


त्यस लगतै सस्थाका सस्थापक कृष्ण गहतराज, उपसम्योजक अमित गौतमले नेपाली दुतावास कुवेतसंग समन्वय गरि हिरा परियारको नेपाल फिर्ताको निम्ति आवश्यक प्रक्रिया पुरा गरि आदान अस्पतालमा आर्थिक कुवेती डिनर ४२ सय तथा नेपाली १५२०००० / (अक्षर रुपि पन्द्र लाख बीस हजार) मिनाह गरि नेपाल फिर्ता गर्न नेपाली दुतावास कुवेतले  बिशेष पहल गरेको बुझिएको छ  ।
साथै लुम्बिनी समाजका निबर्तमान अध्यक्ष रुपेन हमालले हिरा परियारको निम्ति व्हिल चियरको व्यवस्था गरेका थिए भने नेपाल सम्म लान  बम बिष्टले सहयोग पुर्याएको बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेतले जनाएको छ  । साथै हिरा परियारलाई नेपाल फिर्ताको निम्ति टिकट तथा अन्य खर्च बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेत नै ब्यबस्था मिलाएको कुरा बरिष्ठ सल्लाहकार केबि बिश्वकर्म गौतमले जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...