Tuesday 20th January 2026

बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको पहलमा हिरा परियारको उद्धार


तितोपाटी- कुवेतको आदन अस्पतालमा  उपचार्थ हिरा परियारलाई बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको पहलमा उद्धार गरिएको छ । बिगत एक बर्ष देखि उपचार्थ रहेकि बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ बुर्तिबाङ्ग की ३९ बर्षिय हिरा परियार स्वदेश फर्किएकी हुन
आदन अस्पतालमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस बिमारी बाट ग्रसित भएको कुरा उनको आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराएपछी स्वदेश फर्काउन पहल शुरु गरिएको संयोजक नवल खड्काथोकी जानकारी गराएका छन ।


त्यस लगतै सस्थाका सस्थापक कृष्ण गहतराज, उपसम्योजक अमित गौतमले नेपाली दुतावास कुवेतसंग समन्वय गरि हिरा परियारको नेपाल फिर्ताको निम्ति आवश्यक प्रक्रिया पुरा गरि आदान अस्पतालमा आर्थिक कुवेती डिनर ४२ सय तथा नेपाली १५२०००० / (अक्षर रुपि पन्द्र लाख बीस हजार) मिनाह गरि नेपाल फिर्ता गर्न नेपाली दुतावास कुवेतले  बिशेष पहल गरेको बुझिएको छ  ।
साथै लुम्बिनी समाजका निबर्तमान अध्यक्ष रुपेन हमालले हिरा परियारको निम्ति व्हिल चियरको व्यवस्था गरेका थिए भने नेपाल सम्म लान  बम बिष्टले सहयोग पुर्याएको बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेतले जनाएको छ  । साथै हिरा परियारलाई नेपाल फिर्ताको निम्ति टिकट तथा अन्य खर्च बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेत नै ब्यबस्था मिलाएको कुरा बरिष्ठ सल्लाहकार केबि बिश्वकर्म गौतमले जानकारी गराएका छन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...