Friday 23rd October 2026

स्थानीय अनलाइनमा प्रकाशित समाचारप्रति मिडिया प्रतिनीधिले माफी मागे


तितोपाटी-बंगाली नागरिकद्वारा  हत्या गरिएकी  नेपाली चेली सम्बन्धि समाचारमा कुवेत स्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ । उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो  सार्वजनिक गरेका थिए ।

उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र आत्मसम्मानमा  चोट पुगेको भन्दै दुखेसो व्यक्त गरेपछि कुवेतमा क्रियासिल पत्रकारहरुको एक समुह उनलाई भेट्न उनी कार्यरत स्थलमै पुगेर माफी मागेको छ भने अब आगामी दिनहरूमा सो गल्ती नदोहोर्याउन पिडितले अनुरोध गरेकी छिन। पिडितले हाल सम्म आफ्ना तस्वीर जो कोहिबाट सार्वजनिक गरीएको भए पनि उक्त तस्वीरलाई हटाईदिन अनुरोध गरेकी छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

यसपालि गाउँका भित्ताहरूमा माटोको रैथाने रङ चढेन, न त गोरेटोहरूमा कसैका पाइला नै सुनिए। कुनै समय पिङको मच्चाई, चङ्गाको उडाई…

प्रतिकृयाहरू
...