Tuesday 10th March 2026

डिग्री पढेकी युवती गाइपालनबाटै लखपति


तितोपाटी-डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ ।

छोराले घर व्यवहार धान्छन् र छोरीले विहे भै अर्काको घरमा जान्छन् भन्ने नेपाली सोंचाइँ र परम्पराको अपवाद बनेकी छन् बाँके कोहलपुर–१२ चप्परगौडीकी शारदा शर्मा । ३४ बर्षीया शर्मा बाबुआमाको हेरचाह, भाईको पढाई लेखाइमा मात्र समर्पित नभई पशुपालनमार्फत बाँकेमै उदाहरणिय बनेकी छन् । व्यबसायिक गाईपालनले नै उनलाई देश देखि विदेश सम्म चिनाएको छ ।

शारदा सिर्जनशील गाई फार्म सन्चालन गरेर शारदाले वर्षमा ५–७ लाखरुपैयाँ बचत गर्छिन । १५ हजार रुपैयाँको लगानीमा डेढ दशक अघिदेखि सुरु गरेको गाई फार्मले आज उनको परिवारको आर्थिक उन्नती भएको छ भने सामाजिकरुपमा पनि निकै सम्पन्न बनाएको छ । एउटा उन्नत गाई किनेर गाइपालन सुरु गर्नु भएकी शारदाको फर्ममा अहिले १९ वटा गाई छन् । प्रतिदिन ७० लिटरसम्म दूध विक्री गर्नुहुन्छ । उनले बजारको माग धान्न सकेकी छैनन्।

भारतको असममा रोजगारीमा रहेका बाबुलाई देशमै केही गरौं भनी कन्भिन्स गरेर फर्किएको र त्यसपछि गाईपालन सुरु गरेको उनको भनाइ छ । भारत छँदा शारदाका बुवाआमाले गाइपालन गर्दथे । त्यसैलाई पछ्याइन शारदाले पनि । परम्परागत प्रर्णालीबाट गाईपालन गर्दै आएकोमा शारदाले २०६८ साल देखि सिर्जनशिल गाई फर्म निर्माण गरेर आधुनिक प्रणालीबाट गाईपालन गरेकी हुन् ।

बाँके पशुपालनको लागि राम्रो सम्भावना बोकेको जिल्लाका रुपमा रहेको छ । त्यसैैले पनि यहाँ पशुपालन गर्नेहरुको संख्या बढ्दै गएको छ । दूधमा अहिले बाँके आत्मनिर्भर मानिन्छ । कोहलपुर नगरपालिकाका पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लोकेन्द्र बुढा शारदाले गरेको पशुपालन जिल्लाकै नमूना भएको बताए । उनले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । उनको परिवारले पनि गाइपालनमा सघाउ पु¥याएको छ । शारदा गाइपालनको राम्रो सम्भावना देख्छिन तर राज्यले किसानमन्त्री वातावरण बनाउन नसकेको उनको बुझाइ छ । हरेक क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याएको छ । तर त्यसको प्रभावकारीता नदेखिएकोप्रति शारदाको चित्त दुखाई छ । लगनशिलता, इमान्दारिता र दृढ इच्छाशक्ति हुने हो भने कमाइका लागि विदेश भौतारिन नपर्ने उहाँ आफुजस्ता तन्नेरीहरुलाई सुझाव दिन्छिन । विदेशमा भन्दा राम्रो आर्थिक आम्दानी स्वदेशमै बसेर पनि कमाउन सकिने बताईन ।

गाईपालनबाट केही समय निकालेर उनले सामाजिक कार्यमा पनि काम गर्दै आएकी छिन् । बालबालिकाका क्षेत्रमा काम गर्ने एउटा संस्था स्थापना गरी उनले बालबालिकाको क्षेत्रमा पनि आफुलाई क्रियाशिल बनाउँदै लागेकी छन् ।
साभार- बुटवल अनलाईन


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...