Monday 29th December 2025

बरदुबईमा खुल्यो नेपालीको नयाँ ट्राभल एजेन्सी


तितोपाटी- यूएईमा रहेका करिब साढे दुई लाख नेपालीहरुलाई लक्षित गर्दै ट्राभल एन्ड टुर कम्पनी सञ्चालनमा आएको छ । वरदुबईको चोक नजिकै सञ्चालनमा आएको नेपाली ट्राभल एन्ड टुरिजम एलएलसीको गत शुक्रबार उद्घाटन गरिएको हो ।

यूएईमा लामो समयदेखि विभिन्न क्षेत्रका करिब आधा दर्जन व्यवसयि सञ्चालन गर्दै आएका स्याङ्जाका होम रानाभाट र बागलुङका रमेश सुनुवारको संयुक्त लगानीमा सञ्चालनमा आएको ट्राभलमा स्थानीय पार्टनर भने फुजेरा राज्यका राजपरिवारका सदस्य सेख अब्दुलला सुरुर सेइफ अलशारक्वी रहेका छन् । दुबई र अबुधाबी राज्यमा मात्रै नेपालीलाई लक्षित गर्दै करिब डेढ दर्जन नेपाली ट्राभल कम्पनी सञ्चालित छन् ।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...