Friday 13th March 2026

एन्फाद्वारा राष्ट्रिय फुटबल टोलीका ट्रेनर निष्कासन, किरण चेम्जोङलाई सचेत गरायो


अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीका एथ्लेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई निष्कासन गरेको छ।

अधिकारीको राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङसँग गत असारमा झगडा परेको थियो।राष्ट्रिय टोलीको प्रशिक्षणको पहिलो दिननै विवेकले कडा ट्रेनिङ गराएको भन्दै किरणले विवाद झिकेका  थिए। लगत्तै एन्फाको होस्टल क्यान्टिनमा भएको विवादले उग्र रूप लिएको थियो। विवादका क्रममा विवेकको हातमा रहेको चिया किरणको गालामा परेको थियो।

विवेकले उक्त चिया भूलवश किरणलाई परेको बताउँदै आएका थिए। तर किरणले आफूलाइ सुनियोजित रूपमा प्रहार भएको दाबी गर्दै आएका छन्।खेलाडी र ट्रेनरबीचको विवादले प्रशिक्षणमा समेत असर पर्न थालेपछि एन्फाले छानबिन समिति गठन गरेको थियो। मधुसुदन उपाध्यायको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा विवेकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय एन्फाले गरेको हो।

एन्फाको आकस्मिक बैठकले विवेकलाई हटाउने निर्णय गरे पनि गोलकिपर किरणलाई भने सचेत मात्र गराएको छ।विवेक अमेरिकामा एथ्लेटिक्सको ट्रेनिङ कोर्स सकेर नेपाल आएका थिए। उनी एक वर्षदेखि एन्फामा कार्यरत थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

प्रतिकृयाहरू
...