Wednesday 14th January 2026

एन्फाद्वारा राष्ट्रिय फुटबल टोलीका ट्रेनर निष्कासन, किरण चेम्जोङलाई सचेत गरायो


अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीका एथ्लेटिक्स ट्रेनर विवेक विक्रान्त अधिकारीलाई निष्कासन गरेको छ।

अधिकारीको राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङसँग गत असारमा झगडा परेको थियो।राष्ट्रिय टोलीको प्रशिक्षणको पहिलो दिननै विवेकले कडा ट्रेनिङ गराएको भन्दै किरणले विवाद झिकेका  थिए। लगत्तै एन्फाको होस्टल क्यान्टिनमा भएको विवादले उग्र रूप लिएको थियो। विवादका क्रममा विवेकको हातमा रहेको चिया किरणको गालामा परेको थियो।

विवेकले उक्त चिया भूलवश किरणलाई परेको बताउँदै आएका थिए। तर किरणले आफूलाइ सुनियोजित रूपमा प्रहार भएको दाबी गर्दै आएका छन्।खेलाडी र ट्रेनरबीचको विवादले प्रशिक्षणमा समेत असर पर्न थालेपछि एन्फाले छानबिन समिति गठन गरेको थियो। मधुसुदन उपाध्यायको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा विवेकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय एन्फाले गरेको हो।

एन्फाको आकस्मिक बैठकले विवेकलाई हटाउने निर्णय गरे पनि गोलकिपर किरणलाई भने सचेत मात्र गराएको छ।विवेक अमेरिकामा एथ्लेटिक्सको ट्रेनिङ कोर्स सकेर नेपाल आएका थिए। उनी एक वर्षदेखि एन्फामा कार्यरत थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...