Friday 14th November 2025

बिशालु जंगली च्याउ खाँदा रोल्पामा एकै घरका ३ जनाको मृत्यु


डिबि बुढाथोकी – रोल्पामा जंगली बिषालु च्याउ खाँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका-६ साविकको गुम्चाल गाबिस ६ पाटे गुम्चालमा साउन ९ गते बिषालु च्याउ खाँदा एकै घरपरिवारका ३ जनाको मृत्यु भएको हो । घर नजिकै जंगलबाट आमाले ल्याएको विषालु च्याउ खाँदा आमा कुर्मली बुढाथोकी, छोरी सुनिता बुढाथोकी र छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको हो। श्रीमान अमरसिंह बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।

बिषालु च्याउ खाएर बिरामी भएका परिवारलाई उपचारको लागि पुर्वी रोल्पाको बजार क्षेत्र मानिने सुलिचौर लागिएको थियो । सुलिचौरमा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई बुटवल पठाईएको थियो । उपचारका लागि बुटवल लिंदै गर्दा ३ बर्षीय पुस्कर बुढाथोकीको साउन ११ गत्ते बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै ७ बर्षीय सुनिता बुढाथोकीको साउन १२ गते र २५ बर्षीय कुर्मली बुढाथोकीको साउन १३ गते उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको स्थानीयबासि जेबि बिष्ट “भावुक”ले जानकारी दिए ।

एकै परिवारका ३ जनाको ज्यान गएपछि गाउँ शोकमा डुबेको स्थानीयवासी बताउछन ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...