Thursday 2nd May 2024

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको प्रथम वार्षिकोत्सब तथा अधिवेशन १२ अगष्टमा हुने


तितोपाटी – अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह साथमा विविध साँस्कृतिक कार्यक्रम यहीँ आउदो १२ अगष्ट २०१९ मा हुने भएको छ । साउदी अरेबियाको दमाम स्थित परागन होटलमा प्रथम बार्षिकोत्सब तथा अधिबेशन समारोह सम्पन्न गर्न लागिएको सस्थाका साँस्कृतिक संयोजक प्रेम डि.सीले तितोपाटी लाई जानकारी गराएका छन ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको १६ महिना पहिले साउदी अरेबियामा स्थापना भएको हो ।
“मातृभूमिका लागि विश्वभरका रोल्पालीहरु गोलबन्ध होऔं ” भन्ने मुल नाराका साथ स्थापना भइ प्रवासी रोल्पाली युवाको साझा संस्थाको रुपमा सामाजिक कार्यमा क्रियाशिल रहेको छ । हालसम्ममा करिब १० देशमा नेपाल, जापान, साउदी , कतार, दुबई , मलेसिया , भारत , कुबेत , बहराइन र साउथ अफ्रिकी मुलुक मरिसेसमा स्थापना भएको छ । झन्डै ३० हजार भन्दा धेरै रोल्पाली बिदेशी भुमिमा रोजगारी र अध्ययनको शिलसिलामा रहेका छन । जिल्लाको समृद्ध बिकास, विविध समस्याहरुलाई चिरफार गर्नको लागि बिश्वभरि छरिएर रहेका रोल्पालिहरु एकताबद्ध भइ अगाडी बढेको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाको प्रथम वार्षिकोत्सब तथा अधिबेशन समारोह साथमा विविध साँस्कृतिक कार्यक्रम सफल पार्नको निम्ति सम्पूर्ण अग्रिम तयारी गर्नको लागि समिती तथा उपसमितिहरुको गठन गरेर तीब्र रुपमा कार्यक्रमको तयारी भएको सस्थाका अध्यक्ष नरेन्द्र घर्तिले जानकारी दिएका छन ।

साउदी अरेबियामा कृयाशिल कुटनैतिक नियोग, सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पूर्ण साउदीबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिन गरिमामय उपस्थितिको लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी शाखाले
हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको छ ।
स्थान :- साउदी अरेबिया, दमाम स्थित परागन होटल (सिको नजिकै)
मिति :- १२ अगष्ट २०१९
समय :- बिहानको ठिक १०:०० बजे

साँस्कृतिक संयोजकहरु
गायन संयोजक : प्रेम डिसि
नृत्य संयोजक : धनकुमारी पुन मगर

थप जानकारीका लागि

नरेन्द्र घर्ती (अध्यक्ष ) 058 101 6086
राजन खड्का 0578190966
महेन्द्र जि एम 0533464728
भिम बुढा 050 441 2279
रमेश बुढा 053 506 1416
दिपक सिंह थापा 0583389076
चक्र पुन 0596843832
टेक राना 0571708866
कमल पुन 0580831106
अमर बिक 0597681983


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...