Friday 23rd October 2026

छवि–शिल्पा बिबाद -जन्त जानेदेखि विवाह दर्ता गर्नेसम्म मुछिए


बहुविवाहको मुद्दामा अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीहरु दुवैलाई अझै अदालतमा उभ्याएको अवस्था छैन ।

तर, यो मुद्दा भने दिन प्रतिदिन झन्–झन् जटिल बन्दै गइरहेको छ । निर्माता छविकी जेठी श्रीमती हेमाले बहुबिवाहको मुद्दामा शिल्पाको टिका लगाएको दाजु भाउजु विकास र सम्झना रौनियारसहित विवाह दर्ता गर्ने काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध समेत उजुरी हालेकी छन् ।

शिल्पालाई बहिनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान गरेको र विवाह दर्ता गराएको भनेर काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डङ्गोल बिरुद्ध उजुरी दर्ता गराइएको हेमाको मुद्दा हेरिरहेकी यूनाइटेड नेपाल लिगल सर्भिसेजका लिगल अफिसर तुलसा शर्माले जानकारी दिइन् ।

 

‘बहुविवाहको मुद्दमा विवाहमा जन्तजानेदेखि भोजखानेसम्मलाई कारबाही हुने प्रवधान रहेको छ । उनीहरु जेल गएको धेरै उदाहरण पनि छन् यस अगाडि,’ शर्माले भनिन् ‘सोही अनुसार विकाश र सम्झनाबिरुद्ध पनि मुद्दा हालिएको हो ।’

काठमाडौँ महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश डंगोलविरुद्ध भने बहुविवाह दर्ता गरेको बिषयमा उजुरी हालिएको छ । वडा अध्यक्षको विषयमा भने धरानमा विवाह दर्ता हुनु पर्ने विषयमा यहाँ दर्ता गरिएको भनेर उजुरी गरिएको छ ।

शर्माका अनुसार छविले धरानबाट अहिलेसम्म पनि बसाइसराई नगरेकोले विवाह काठमाडौं महानगरपालिका वडा नं. ८ मा दर्ता गर्न मिल्दैन ।

यस विषयमा आफुलाई आधिकारीक पत्र आइनसकेको काठमाडौँ महानगरपालिका वडा नं. ८ अध्यक्ष दिनेश डङ्गालेलले बताए । विवाह दर्ता गर्ने अधिकार आफ्नो नभएर सचिवको भएको अध्यक्ष डंङेलले बताए । छविले ल्याएको सम्बन्ध विच्छेदसम्बन्धि कागजात र वडाभित्र भएको सम्पत्तिको लालपुर्जाको आधारमा बिवाह दर्ता गरिएको उनले खुलाए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...