Thursday 1st October 2026

अफ्गानिस्तानमा सेनाको हवाइ आक्रमणमा परि ५० भन्दा बढी तालिवान लडाकुको मृत्यु


तितोपाटी – अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा ५० भन्दा बढी तालिवान लडाकुको मृत्यु भएको छ । तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताए । “गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो, घटनास्थलमा तालिवान लडाकूहरुको भेला चलिरहेको थियो,” उनले भने । घटनामा लडाकूहरुका जिल्ला प्रमुख सायद शाह मारिएको गभर्नर माजिक्जाईले जानकारी दिए ।

घटनास्थलमा लडाकूविरुद्ध सरकारी सुरक्षाकर्मीहरुले हवाई आक्रमण जारी राख्ने पनि उनले बताए । स्थानीय बासिन्दाका अनुसार तालिवान लडाकूहरू गत दश दिनदेखि यस क्षेत्रमा बसेका थिए । उनीहरूले त्यस भेलामा आफ्ना योजना र रणनीतिका बारेमा छलफल गरेका थिए ।

घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

-सिन्ह्वा


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...