Tuesday 8th September 2026

म्यानमारमा डुंगा दुर्घटना हुँदा १३ को मृत्यु


तितोपाटी – म्यानमारमा एक डुंगा दुर्घटा हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जना तीर्थयात्रीको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुंगामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुंगा पल्टिएको थियो।

मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ। जीवितै उद्धार गरिएका डुंगा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको…

सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले…

प्रतिकृयाहरू
...